सैनामैना-युवाहरुलाई खेल प्रति प्रोत्साहित गर्दै लागु औषध दुरुपयोगबाट सुरक्षित गर्न र नगरको बिकासमा साझेदार बनाउदै रुपन्देहीको सैनामैनामा रुपन्देही जिल्ला स्तरिय ब्याडमिण्टन सैनामैना मेयर कप २०७७ हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सैनमैना नगरपालिकाको संरक्षकत्व र आर्थिक सहयोगमा प्रथम मेयर कप व्याडमिण्टन प्रतियोगिता २०७७ यही फागुन २१ र २२ गते हुने भएको हो ।
हरेक उमेर समूहमा लोक प्रिय हुदै गइरहेको व्याडमिण्टन खेललाई व्यबसायिक बनाउन सैनामैना नगरपालिकाको संरक्षकत्व र आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लवको आयोजनामा पहिलो पटक ठूलो धनराशी पुरस्कार रहेको जिल्ला स्तरिय सैनामैना मेर कप बि लेवल व्याडमिण्टन प्रतियोगिात संचालन हुने भएको हो ।
दुई दिन सम्म संचालन हुने प्रतियोगितामा हुने विजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने छन भने उप बिजेताले ३३ हजार ३ सय ३३ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने आयोजक संस्था दुधराक्ष युवा क्लवका अध्यक्ष बिष्णु पाण्डेले सैनामैनाको वाटर वल्र्डमा भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन।यस्त्ै अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन ।
करिब ३ लाख ७३ हजार रुपैया खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि सैनामैना नगरपालिकाबाट २ लाख ५० हजार रुपैया सहयोग गर्ने र बाकी रकम स्थानिय उधोगी,ब्यवसायी,सहयोगदाता र पुरस्कार सौजन्यकर्ताहरुबाट सहयोग संकलन गरी खर्च व्यबस्थापन हुने युवा क्लवका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिनु भएको छ।
प्रतियोगितामा रुपन्देहीका ३० ब्याडमिण्टन क्लवहरुको सहभागिता रहने र करिब २ हजार भन्दा बढी दर्शकहरुले खेलको अवलोकन गर्ने क्लवका सहसचिव पदम पाण्डेले जानकारी दिनु भएको छ।
सैनामैना नगरपालिका वडा नं. ६ स्थित कालमोचन शिवालय मन्दिरमा रहेको दुधराक्ष ब्याडमिण्टन कलवको खेल मैदानमा हुने प्रतियोगिता हुने छ।
सैनमैनाको नागरिकमा यदि शारिरीक तन्दुरुष्टि प्राप्त गरेका छन भने ब्याडमिण्टन खेलबाट प्राप्त भइरहेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ। सैनमैनाको खेलकुद बिकासको लागि नगरपालिकाले ५० लाख भन्दा बढी बजेट व्यबस्थापन भएको जानकारी गराउदै सैनमैना नगर खेल सप्ताहमा करिब १५ लाख रुपैया खर्च हुने र दुधराक्ष युवा कलवद्वारा संचालन हुने जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगितालाई सफल बनाउन नगरको पनि उल्लेख्य सहयोग रहने प्रतिबद्धता ब्यक्त गरर्नु भएको थियो ।
सैनमैनामा फुटवल,भलिवल,ब्याडमिण्टन,आर्चरी
यस्तै नगर प्रमुख कार्कीले कुनै पनि संघसस्थाले बिभिन्न शिर्षकमा गर्ने सहयोगहरुको अभिलेख नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा पठाउनु पर्ने र आफुहरुले दिएको सहयोग कुन ठाउमा के कसरी लगानी हुदैछ र सो सहयोयबाट क कसले लाभ र उपलब्धी गर्दै छन भन्ने कुरा पनि संचार माध्यममा जानकारी गराउदा संस्थाले गरेको कार्य देखिने बताउनु भयो ।
स्थापना समय देखि स्थानिय रुपमा खेलकुद,सांस्कृतिक कार्यक्रम र सामाजिक कार्यमा महत्वपुर्ण सहभागिता जनाउदै आएको दुधराक्ष युवा कलवले स्थानिय बिधालय रामापुर माध्यमिक बिधालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिधार्थीहरुलाई अध्ययन गराउन छात्रबृत्ति समेत प्रदान गर्दै आएको छ। क्लवले गत बर्ष संचालन गरेको सांस्कृतिक कार्यक्रमबाट बचत भएको रकम मध्येबाट रामापुर माध्यमिक बिधालयमा अध्ययनरत जेहेन्दार तथा बिपन्न बिधार्थीहरुको लागि छात्रबृत्ति स्वरुप नगद ३० हजार रुपैयाको चेक बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्