JanataToday.com

Advertisment

SKIP THIS

ईन्द्रेणी बहुउद्देश्यीय सहकारीले महिलाका लागि निःशुल्क प्रजन्न स्वास्थ्य र रक्तदान कार्यक्रम गर्ने

ईन्द्रेणी बहुउद्देश्यीय सहकारीले महिलाका लागि निःशुल्क प्रजन्न स्वास्थ्य र रक्तदान कार्यक्रम गर्ने

बुटवल

बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाका लागि निःशुल्क प्रजन्न स्वास्थ्य र रक्तदान कार्यक्रम गर्ने भएको छ । ईन्दे्रणीले आफ्नो २६ औं स्थापना दिवसको अवसर पारेर चैत १३ गते महिलाका लागि निःशुल्क महिला प्रजन्न स्वास्थ्य शिविर र चैत्र १४ गते वृहद रक्तदान गर्ने भएको हो । ईन्द्रेणीको संयुक्त छलफल तथा बैठकले स्थापना दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । संस्थाका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, पुर्व अध्यक्ष शिवलाल राना, सल्लाहकार तथा उद्योगि एजाज आलम, नेत्रप्रसाद पाठक, गणेशप्रसाद अधिकारी, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, पुर्व सचिव नेत्रलाल अर्याल, पुर्वकोषाध्यक्ष दलबहादुर थापा, लेखा सुपरीवेक्षण समिति संयोजक मोहनप्रसाद भण्डारी लगायतले सहकारीमा थुप्रिदै रहेको बचतलाई विशेषकर्जाका रुपमा औद्योगिक क्षेत्रमा लगानी गरेर आर्थिकवृद्धिमा जोड दिनु पर्ने बताए । संस्थाका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले संस्थाको आर्थिक प्रगाति प्रस्तुत गर्दै ८ करोड ४७ लाख १६ हजार शेयर पुजी, ३९ करोड २१ हजार निक्षेप तथा संस्थाको कुलपुजी ५५ करोड रहेको जानकारी दिए। संस्थाले ४१ करोड २४ लाखबढी ऋण लगानी गरेको समेत श्रीसले जानकारी दिए । यस्तै संस्थाले ४ करोड ८८ लाख ७३ हजारबढी लघुवित्त कर्जा र एक करोड ७० लाख ३५ हजारबढी लघुउद्यम कर्जा लगानी गरेको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij