काठमाडौं – सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्