JanataToday.com

Advertisment

SKIP THIS

चौथो रबि किरण भलिवल खेलको उपाधी मणिमुकुण्ड लाई

चौथो रबि किरण भलिवल खेलको उपाधी मणिमुकुण्ड लाई

कञ्चन
जनआस्था पृथ्वी क्लव,कञ्चन ४,रुपन्देहीको आयोजनामा चौथो रबि किरण भलिवल खेल प्रतियोगिताको उपाधी मणिमुकुण्ड भलिवल क्लव,तिलोत्तमाले हात पारेको छ। मणिमुकुण्ले इभालुएसन  क्लव अफ तामनगरलाई ३-० को सोझोसेटमा पराजित गरी सो उपाधी हात पारेको हो ।
महा शिवरात्रीको अवसरमा आयोजित रबि किरण स्मृतिकपको उपाधीका लागि बिभिन्न जिल्लाका २१ भलिवल टिमहरुले सहभागिता जनाएकोकोमा माणिमुकुण्ड र बाणगंगा फाइनलमा प्रबेश गरेका थिए । उपाधी हात पारेसंगै मणिमुकुण्डले ३० हजार नगद सहित स्मृतिकप र मेडल प्राप्त गरेको छ भने उपविजेता इभालुएसन क्लव अफ तामनगरले २० हजार सहित कप र मेडल प्राप्त गर्न सफल भएको छ।
यस्तै तेश्रो स्थानका लागि बाणगंगा स्पोर्टस क्लव कपिलबस्तु र चेतनशिल युवा क्लव,कञ्चन बिच भएको प्रतिस्पर्धामा बाणगंगाले २-०को सोझोसेटमा पराजित गरी तेश्रो हुन सफल भएसंगै बाणगंगाले १० हजार रुपैया र मेडल प्र्राप्त गर्न सफल भएको छ।
यस्तै खेल अवधिभर उत्कृष्ट स्पाइकर इभालुएसनका रेशम थापा,उत्कृष्ट सेटरमा इभाुएसनकै हेमन बलाल,उत्कृष्ट सर्वरमा मणिमुकुण्का कमल श्रेष्ठ,उत्कृष्ट डिफेण्रमा बाणगंगाका दिपक राना भएका छन भने बिधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही १ हजार रुपैया प्राप्त गरेका छन ।यस्तै इभालुएसनका सुमन गलामी उत्कृष्ट खेलाडी घोषित भई गलामीले २ हजार ५ सय रुपैया पाप्त गरेका छन।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij