काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ । उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
यस्तै थप ६६ जनासहित हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्