JanataToday.com

Advertisment

SKIP THIS

प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि जनउत्थान सहकारीलाइ

प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि जनउत्थान सहकारीलाइ

बुटवल

  • बुटवलमा भएको प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता’ को उपाधि जनउत्थान सहकारीले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पत्रकार समूहलाई ६(० गाले अन्तरले पराजित गर्दै जनउत्थानले उपाधि जितेको हो।

उपाधिसँगै जनउथानले नगद रु १० हजार,कप,मेडल र प्रमाणपत्र,प्राप्त गरेकोछ । त्यसैगरी फाइनल खेलमा पराजित हुुँदै पत्रकार समूह उपविजेता हुन सफल भएको छ । पत्रकार समूहले नगद रु ५ हजार,कप,मेडल र प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिताकी संयोजक अमृता अनमोलले जानकारी गराइन्।

महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियो मुक्ति ९५ थोप्लो ५ मेगाहर्जद्वारा सञ्चालित प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको बिहीबार राष्ट्रिय खेलकूद विकास परिषद्का सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरेका थिए ।

महिला सशक्तिकरणका लागि खेलकूद’ भन्ने मूल नाराका साथ बुटवल ११ देविनगरमास्थित ग्रिनफिल्ड फुटसलमा सम्पन्न प्रतियोगितामा आयोजक रेडियो मुक्तिसहित एकल महिला समूह, पत्रकार महिला, अधिवक्ता महिला, सामाजिक अभियान्ता, सहकारी महिला समूह, उद्यमी महिला समूह, कर्मचारी महिला समूह,निजामती कर्मचारी महिला समूह, स्वास्थ्यकर्मी महिला तथा राजनीतिक तथा सांसद महिला समूहहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij