बुटवल–बुटवल टाईगर्स राउन्ड टेवल २८ को आयोजानमा देवदह नरपालिका ६ मा रहेको श्री साईवावा विद्या पिठ पिपलडाँडामा नयाँ निर्माण गरिएको ३ कोठे पक्की भवन हस्तानान्तरण गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी राउन्डटेवल २८ का अध्यक्ष आनन्द ओझा र राउन्ड टेवल ईन्टरनेशनल एरिया पेसिफिक चियरमेन सिद्धार्थ गुप्ता आस्पा) ले विद्यालयका अध्यक्ष राचन्द्र पौडेललाई विद्यालय भवनको चाँपी प्रदान गरेका हुन ।
कार्यक्रममा राउन्ड टेवल नेपालका अध्यक्ष सैरभ केडीया, विद्यालयका प्रधानाध्यापक राम बरण यादव, राउन्ड टेवल २८ का सचिव निरज लकौल,साईबाबा ट्रष्टका संथापक पवित्रा श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए । परियोजना संयोजक प्रदिप शाक्यका अनुसार करिब १० लाख लागतमा तिन कोठे पक्की भवन निर्माण गरिएर विद्यालयलाई हस्तानान्तरण गरिएको हो ।
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्