२३ नेताहरुको स्पष्टीकरण आएको छैन, आवश्यक निर्णय गर्छौँ : प्रवक्ता श्रेष्ठ

२३ नेताहरुको स्पष्टीकरण आएको छैन, आवश्यक निर्णय गर्छौँ : प्रवक्ता श्रेष्ठ

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ । शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा २० जना नेताहरुले विचार राखेका छन् । ओम शर्मा, धर्मभक्त पोखरेल, जनार्दन शर्मालगायतकाले आफ्नो विचार राखेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार कतिपय नेताहरुले आफ्नो पार्टीमा राम्रो व्यवस्थापन हुन नसक्दा नेताहरु अन्य पार्टीमा जाने प्रवृत्ति बढेको बताएका थिए । ‘आज २० जना कमरेडहरुले आफ्नो विचार राख्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘समग्रमा सबै कमरेडहरुको किष्कर्ष एकढिक्का भएरै अगाडि जाने थियो ।’

यस्तै प्रवक्ता श्रेष्ठले एमालेका केन्द्रीय सदस्य बनेका २३ जना नेताहरुले स्पष्टीकरण दिइनसकेको बताएका छन् । पत्रकारहरुको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हामीले पत्र पठाइसकेका छौँ । उहाँहरुले जवाफ दिनुभएको छ । यो सन्दर्भमा हामीले पुनः निर्णय गर्नेछौँ ।’

यसअघि आइतबार रामबहादुर थापा ‘बादल’सहितका नेताहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गत फागुन २९ गते बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र सरकारबाट बाहिरिन निर्देशन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij