आज सर्वदलीय बैठक बस्दै, सातवटा दल सहभागी हुने

आज सर्वदलीय बैठक बस्दै, सातवटा दल सहभागी हुने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा आज (मंगलवार) शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहभागी हुनेछन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij