काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेको छन् । ओलीले बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् । तर, माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने बैठक नजाने भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले नियमित बैठक आह्वान गरेका हुन् । ‘खासगरी समसायिक विषयमा कुराकानी गर्नको लागि छलफल आह्वान गर्नुभएको हो,’ नेता भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो ।’
यता नेपाल–खनाल पक्षीय नेता योगेशकुमार भट्टराईका अनसार यो समूह बैठकमा नजाने भएको हो । ‘हाम्रो राष्ट्रिय बैठक चलिरहेको छ,’ नेता भट्टराईले भने, ‘हामी जाँदैनौँ ।’
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्