काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित गरेको छ । शनिबार बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान पारित गरेको सांसद विन्दा पाण्डेले जानकारी दिइन् । आफू अनुकुलको विधान बनाएर खनाल-नेपाल समूहका नेता कार्यकर्तालाई कारवाही गर्ने तयारी पनि ओली समूहको छ । कारवाहीको निर्णय अहिले केहीबेरपछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्न सक्ने सम्भावना छ ।
अब २९ सदस्यीय बोर्डको गठन हुनेछ । त्यसमा एक तिहाइ महिला सदस्य पनि रहनेछन् । नयाँ विधानअनुसार दलको नेताले सांसदहरूलाई कारबाही गर्ने अधिकार दिइएको छ । विधान अनुसार गुटगत भेला गर्नेलाई कारबाही हुन्छ । बैठकमा सहभागि एक नेताले भने यद्यपी आजको बैठकले खनाल-नेपाल समूहका नेता कार्यकर्तालाई कारवाही गर्नेबारे निर्णय नभएको उनले बताए ।
‘आजको बैठकले कारवाही गर्ने निर्णय गरेको छैन्’ उनले थप अगाडि भने, ‘अब विधान अनुसार काम नगर्नेलाई कारवाही हुन सक्छ । तर कारवाही गर्नु नपर्ला । उहाँहरु एकतामा आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्