म्यान्मार सैन्य ‘कू’विरुद्ध नेपाली संसद्मा भर्त्सना

म्यान्मार सैन्य ‘कू’विरुद्ध नेपाली संसद्मा भर्त्सना

file

काठमाडौं – म्यान्मार सैन्य ‘कू’ को सन्दर्भ नेपाली संसद्मा प्रवेश गरेको छ । बुधबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सैन्य कूविरुद्ध आवाज उठाएका हुन् ।

बैठकको शून्य समयमा बोलेका नेपाली कांग्रेसका सांसद बालकृष्ण खांणले भने, ‘म मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट उक्त कूविरुद्ध घोर भर्त्सना गर्दर्छु । विश्वव्यापी दबाब बढाउनुपरेको छ ।’ यस्तै अर्का नेता राजेन्द्र केसीले पनि कूविरुद्ध दबाब बढाउनुपर्ने बताए । ‘यस्तै नरसंहारविरुद्ध सबैले आ–आफ्नो तर्फबाट आवाज उठाउनुपर्छ । घोर भर्त्सना गर्दछौँ,’ नेता केसी भनेका छन् ।

यसअघि आजै अनेरास्ववियु क्रान्तिकारीले पनि म्यान्मार राजदूतावासअगाडि प्रदर्शन गरेको थियो । म्यान्मारमा अहिले शासन सत्ता सेनाले आफ्नो पक्षमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको छ । संकटकालको नागरिक अवज्ञा बढ्न थालेको छ । यसक्रममा त्यहाँ धेरै सयौं नागरिकहरुको हत्या भइसकेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij