नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । ‘हामी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल गर्दैछौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘समर्थन फिर्ता लिने/नलिने कुरा निर्णयपछि थाहा पाइहाल्नु हुन्छ नि ! अहिले यत्ति भनौं ।’

सरकारको विरोध पनि गर्ने तर, समर्थन फिर्ता नलिने दोहोरो चरित्र देखाएको भन्दै माओवादी केन्द्रले आलोचना खेप्दै आएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको माओवादी केन्द्रको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij