काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच सत्ता समीकरणबारे छलफल हुने बुझिएको छ । सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो ।
यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्