काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेकाे छ । मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको हाे । तर सीसीएमसीले साे सिफारिसलाई नमान्ने भएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेकोले मन्त्रालयले भीडभाड हुने स्थान बन्द गर्ने तयारी गरेको हो। प्रवक्ता गौतमले भने, ‘विद्यालयमात्रै होइन, भीडभाड हुने स्थलहरु बन्द गर्न सार्वजनिक आह्वान गरिसकेका छौं। यसबारे अब सीसीएमसीमा छलफल हुन्छ।’
सीसीएमसीले भने विद्यालय बन्द गर्ने योजना नरहेको बताएको छ। सीसीएमसीका फोकल पर्सन तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठका अनुसार अहिले विद्यालय बन्द गर्ने कुनै योजना छैन।
श्रेष्ठले भने, ‘पहिलेको जस्तो विद्यालय बन्द हुँदैनन्। हिजोमात्रै प्याब्सन, एनप्याब्सनलगायत संघसंस्थासँग सीसीएमसीले छलफल गरेको थियो। छलफलमा विद्यालय बन्द नगर्ने कुरा भएको छ। विद्यार्थीलाई कोरोना देखिएमा भने विद्यालय आफैंले निर्णय गरेर कदम चाल्न सक्छन्।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको छ। शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्न इपिडिमियोलोजीको पनि सुझाव छ।
भिडभाड हुने स्थानमा पहिले राेक लगाएर मात्र पठनपाठनलाई बन्द गर्नुपर्ने सीसीएमसीकाे भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्