फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशमा प्रकाश राना

फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशमा प्रकाश राना

 

बुटवल- फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनले प्रकाश रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको अधिवेशनले उपाध्यक्षमा रेवती सिंह, सचिवमा रेशम गिरी, कोषाध्यक्षमा गणेशप्रसाद ज्ञवालीलाई चयन गरेको हो ।

त्यस्तैगरी कार्यसमितिको सदस्यहरुमा जीवन भण्डारी, चेतन भण्डारी, शरद भुसाल, किशोर पाण्डेय र सुधाकर मिश्रलाई चयन गरेको छ । सिटिईभिटिबाट सम्बन्धन प्राप्त नीजि स्तरमा सञ्चालित डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशका १२ जिल्लामा ४० भन्दा संस्था सञ्चालनमा छन् । ती संस्थामा करिव ७३ विषयका शैक्षिक कार्यक्रम सञ्चालन भईरहेको नवनिर्वाचित अध्यक्ष रानाले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij