बुटवल -स्वगीय नेता गिरिजाप्रसाद कोईरालको स्मृतिमा बुटवलमा अन्तरबिद्यालय महिला भलिवल रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १३ बिद्यालय सहभागि रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको बिहिबार नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई बल हस्तान्तरण गरेको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै खेलले सहमति, सहकार्य र एकताको सुत्रमा बाँध्नको लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफि र मेलड सहित क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराईले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्