JanataToday.com

Advertisment

SKIP THIS

कञ्चन वडा स्तरिय फुटवल लिग प्रतियोगिता जारी

कञ्चन वडा स्तरिय फुटवल लिग प्रतियोगिता जारी

कञ्चन
कञ्चनमा जारी कञ्चन गाउपालिका वडा स्तरिय फुटवल लिग प्रतियोगिताको तेश्रो दिन वडा नं १ र ३ बिच प्रतिस्पर्धा भएको छ। आइतवार वडा नं। १ र ३ बिच भएको प्रतिस्पर्धामा वडा नं १ ले वडा नं ३ लाई १ ० गोल अन्तरले पराजित गरी ए पोलको पहिलो स्थानमा रहेको छ।
यस्तै वडा नं। २ र ४ बिच भएको प्रतिस्पर्धामा दुबै टिमले २ २ गोल गरी बराबर अंक बाडेका छन भने खेलको आधारमा बि पोलमा वडा नं। ४ पहिलो स्थानमा रहेको खेल संयोजक तेजिन्द्र पुनले जानकारी दिनुभएको छ।
कञ्चनमा पहिलो पटक संचालन भएको लिगकम नकाउट प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ रुपैया र शिल्ड प्राप्त गर्नेछन भने उप बिजेताले ३० हजार ३ सय ३३ रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन।
एकता युवा क्लव,कञ्चन ५,रुपन्देहीको आयोजना तथा गौतम बुद्ध सामुदायिक बिकास केन्द्र र जागृत तथा सकृय युवा समूहको सहयोगमा संचालन भएको फुटवल लिग प्रतियोगिताको शुभारम्भ कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्नु भएको हो भने खेल कञ्चन ५ पिपरीचापा स्थित डाडालाइन खेलमैदानमा गत शुक्रवार देखि शुरु भएको हो ।
प्रतियोगितामा कञ्चन गाउपालिकाका ५ वडाका खेलाडी र आयोजक गरी ६ टिम बिच प्रतिस्पर्धा रहने छ।

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij