काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ गरे सरकार कठोर कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन्।
मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले यदि कसैले जनस्वास्थ्यको मापदण्डविपरीत कार्य गरेमा सरकार लकडाउनको अवस्थामा पुग्न बाध्य हुने बताएका हुन् ।
उनले महामारीको यो लहरलाई हलुका ढंगले नलिनसमेत आग्रह गरेका छन् । मन्त्री त्रिपाठीले भने, ‘हामी भरसक नेपाललाई लकडाउनको अवस्थामा पुर्याउँदैनौं, तर हेलचेक्र्याइँ गरे नचाहँदा नचाहँदै पनि हामी कठोर कदम उठाउन बाध्य हुनेछौं ।’
संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्