कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ । बैठक केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने उनले बताए । कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुट्न लागेका हुन् ।

गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको छ । यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो ।

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij