JanataToday.com

Advertisment

SKIP THIS

ऋणमुक्त भयो करहिया–मक्रहर खानेपानी ,पानीको महसुल चार्ज पनि घट्यो

ऋणमुक्त भयो करहिया–मक्रहर खानेपानी ,पानीको महसुल चार्ज पनि घट्यो

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संस्था ऋणमुक्त भएकोमा खुशी व्यक्त गर्दै खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताउनुभयो । उहाँले खानेपानी संस्थाहरुले सरसफाईको कामलाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई दिगो बनाउन सबैको उत्तिकैं भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धितालले खानेपानी मुहानदेखि मुखसम्म स्वच्छ हुनुपर्ने बताउँदै यस क्षेत्रका खानेपानी संस्थाहरुले वितरण गर्ने पानी गुणस्तरीय रहेको बताउनुभयो । उहाँले पानीका स्रोतको उचित संरक्षण हुनुपर्ने बताउँदै पानी रिचार्जको वातावरण मिलाइनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ गैरेले नेतृत्व सम्हालेको अढाई वर्षमा देखिनेगरी प्रगतिका धेरै काम अघि बढाइएको बताउँदै नगर विकास कोषलाई एक करोड ९८ लाख ३३ हजार ३५४ रुपैंयाँ तिरेर संस्था ऋणमुक्त भएको जानकारी दिनुभयो । सेवा क्षेत्र विस्तारको क्रममा वडा नं. १० र १२ मा १०५ किलोमिटर पाइपलाइन विस्तार गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्ने कार्य अघि बढेको बताउँदै अध्यक्ष गैरेले यसबीचमा तिलोत्तमा नगरपालिकाको सहयोगमा संस्थाको सुविधासम्पन्न हल निर्माण, कार्यालय व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएको बताउनुभयो ।
संस्थाले नगर विकास कोषबाट ऋण लिएर खानेपानी योजना निर्माण गरेकोमा कोषबाट उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित भएको जानकारी दिँदै उहाँले हाल झण्डै दुई हजार खानेपानी उपभोक्ता रहेको जानकारी दिनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ठ ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, वडा नं. १० का वडाध्यक्ष व्यसमुन थारु, संस्थाका सल्लाहकार मोहनराज शर्मालगायतले बोल्नुभएको थियो । साधारणसभाको बन्दसत्रले संस्था ऋणमुक्त भएको सन्दर्भमा पानी महसुल चार्ज घटाउने कार्यसमितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार हाल न्यूनतम रकम १५० रहेकोमा अब १३० हुने भएको छ । साथै थप ११–१५ युनिट सम्मको महसुल हाल रु. १८ रहेकोमा रु. १५, १६–२० युनिट सम्मको महसुल हाल रु. २० रहेकोमा रु. १८ र २१ युनिटदेखि माथि हाल रु. २५ रहेकोमा रु. २० कायम भएको छ । साथैं बन्दसत्रल आगामी कार्यक्रमहरुको साथैं संस्थाको विधान संसोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

 

 

 

 

 

प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij