काठमाडौं – त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा नेदरल्याण्ड र नेपाल खेलिरहेका छन् । त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरेको छ ।
पाँच ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर ४८ रन बनाएको छ । ओपनर आशिफ शेख १६ रनमा आउट भए । क्रिजमा कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ल छन् । कुशलले १७ बलमा २ चौकासहित १७ रन बनाएर खेलिरहेका छन् । यस्तै ज्ञानेन्द्रले ६ बलमा २ चौकाको मद्दतमा ११ रन बनाएका छन् ।
समूह चरणमा यी दुई देशले दुई खेल खेलेका थिए । जसमा नेपाल र नेदरल्याण्ड्सले एक एक पटक जीत हात पारेका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्