लोकतन्त्र स्थापनमा संचार क्षेत्रको भूमिका महत्वपूर्णः सभापति शाह

लोकतन्त्र स्थापनमा संचार क्षेत्रको भूमिका महत्वपूर्णः सभापति शाह

 

सैनामैना- लेखा समितिका सभापति भरतकुमार शाहले शनिवार रुपन्देहीको सैनामैना ११ बनकट्टीमा साझा टेलिभिजनको नयाँ भवन शिलान्यास गरेका छन ।

भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै सभापति शाहले साझा टेलिभिजनले नयाँ भवन वनाउन लागेकोमा खुसी प्रकट गर्दै टेभिभिजनको सफलताको शुभकामना दिए ।

सभापति शाहले नयाँ नयाँ प्रविधिको विकास भैरहेको आधुनिक युगमा टेलिभिजन एउटा समाज परिवर्तन गर्ने सशक्त माध्यम हो भन्दै यस क्षेत्रको विकासमा साझा टेलिभिजनले योगदान दिने विश्वास व्यक्त गरे ।

उनले राज्यका गतिविधिमा निरन्तर निगरानी गर्ने चौथो अंग सधै वाच डगको भूमिकामा हुने भन्दै आगामी दिनमा सही र सत्य तथ्य सूचना बाहिर ल्याउने सन्दर्भमा चौथो अंगको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

लोकतन्त्र ल्याउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै सभापति शाहले सरकारले गलत गरेको अवस्थामा सञ्चार क्षेत्रले सरकारलाई सचेत र खबरदारी गर्ने वनाउने बताए ।

उनले सरकारले सूचना लुकाउने र चौथो अंगले सरकारले गरेका गलत काम बाहिर ल्याउने भएकोले सरकारलाई खबरदारी गर्न पनि पत्रकारिता क्षेत्रले अझै सकृयता देखाउनु आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक फकरद्दिन खानले रुपन्देहीको ग्रामिण क्षेत्रमा साझा टेलिभिजनको स्थापनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै जनतालाई सूचित गर्ने अभियानमा सफलता मिलोस भन्ने शुभकामना दिए ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले साझा टेलिभिजनले रुपन्देहीको ग्रामिण क्षेत्रको विकासमा टेलिभिजनको माध्यमबाट फरक पहिचान दिन सकोस भन्ने शुभकामना दिए ।

उनले लोक कल्याणकारी कार्यक्रम प्रसारणमा टेलिभिजनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सवै पक्षलाई समेटेर सवैको साझा वन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले सवैको सहयोगले साझा टेलिभिजनले स्थापनाको एक वर्षमै भवन शिलान्यास गर्न सफल भएको बताउँदै यस क्षेत्रको सूचना तथा समाचार प्रसारणमा टेलिभिजनले प्राथमिकता दिने बताए ।

शिलान्यास कार्यक्रमको अध्यक्षता गर्दै टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले टेलिभिजनलाई सवैको साझा वनाउने प्रतिवद्धता जनाउँदै साझा टेलिभिजनको नाम जस्तै काम पनि साझा गर्ने प्रतिवद्धता जनाए ।

टेलिभिजनले आगामी असोजभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रमको सञ्चालन साझा टेलिभिजनका समाचार बाचक सुरेन्द्र परियारले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, बैशाख ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij