काठमाडौं -नेपालमा शनिबार थप २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको सात हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा २४ सय ८६ र ११४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएकाे छ ।
त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्