तिलोत्तमा – रुपन्देहीमा एकैदिन ३०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवलका ११० जना छन्। तिलोत्तमाका ६४, सिद्धार्थनगरका ४६, ओमसतियाका २०, रोहिणीका २३, सुद्धोधनका ७, सैनामैनाका १०, सियारीका ३, देवदहका ८, गैडहवाका २, मायादेवीका २, मर्चवारीका २, कञ्चनका १, लुम्बिनीका २, समरीमाइका १ जना रहेका छन्। योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
प्रकाशित मिति : शनिबार, बैशाख ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्