बुटवल – अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफनै निर्णय दुइ घण्टामै उल्ट्याएर मन्त्री बन्न पुगेका लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउंदै विरोध गरेका छन ।
सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याई निर्णय बदलेर गत सोमबार पाण्डे मन्त्री बनेका थिए । उनै पाण्डेलाइ रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा शनिबार मर्यादपूर, मझगावा र गोनहियाका स्थानीय जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले कालो झण्डा देखाएर उनको बिरोध गरे । जसपाका नेता कार्यकर्ताले सडकमा टायर बालेर मन्त्री पाण्डेको बाटो समेत छेकेका थिए । तर प्रहरीले बल प्रयोग गरेर मन्त्री पाण्डेलाई गन्तव्य सम्म पु¥याएको थियो ।
जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव,पुर्व सांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव,रेनु सिंह, चन्द्रभूषण यादव,अमरजित यादव,सुनिल जैसवाल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी पनि गरे ।
पार्टीको र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै झुक्काएर मन्त्री बनेकाले पाण्डेको विरोध गरिएको र उनका सार्वजनिक कार्यक्रम वहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताए । मन्त्री पाण्डे पार्टीलाइ धोका दिने गद्यार भएको उल्लेख गर्दै अध्यक्ष यादवले कार्यकर्ताले अव उनलाइ नछोडने पनि बताए ।
प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्