काठमाण्डाै उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा लगाउने तयारी

काठमाण्डाै उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा लगाउने तयारी

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन जिल्लामा यही वैशाखदेखि १६ मध्यरातदेखि निषेधाज्ञा लगाउने तयारी भएकाे भएकाे छ ।

साेमवार बसेकाे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएकाले काठमाण्डाै, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाउने तयारी गरेकाे हाे । निषेधाज्ञाकाे औपचारिक निर्णय भने आउन बाँकी छ ।

यसअघि आइतवार बसेकाे काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीकाे बैठकले काठमाण्डाै उपत्यकालगायत सहरी क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडी जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा ती क्षेत्रमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij