लुम्बिनी प्रदेशमा जसपाका ४ सांसद पदमुक्त

लुम्बिनी प्रदेशमा जसपाका ४ सांसद पदमुक्त

बैशाख १९ मा विशेष अधिवेशन

बुटवल -लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ जना सांसद पदमुक्त भएका छन । जनता समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्य पदमुक्त भएको लुम्बिनी प्रदेशको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै जसपाका सन्तोषकुमार पाण्डेय,विजयकुमार यादव,कल्पना पाण्डे र सुमन शर्मा रायमाझी पादमुक्त भएको जानकारी गराएको हो । सन्तोष रुपन्देही क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद हुन । विजयकुमार यादव बाँके क्षेत्र नं. २(१) का निर्वाचित भएका हुन । कल्पना र सुमन समानुपातिक सांसद हुन ।
मुख्यमन्त्री शंकर पोखरेलले यी मध्ये ३ जनालाइ मन्त्री र एक जनालाइ राज्यमन्त्री बनाएका छन । यी मध्ये ३ जनाले बैशाख ६ गते मुख्यमन्त्री पोख्रेल बिरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर मुख्यमन्त्री बिरुद्ध हस्ताक्षर गरेर संसद सचिवालयमा बुझाएको दुइ घण्टा नबित्दै तीनै सांसदलाइ मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
नेपाली काँग्रेस,नेकपा मओवादी केन्द्र र जसपाका सांसदहरुले बैशाख ६ गते दिउसो १.१५ मा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार,विजयकुमार र सुमनले हस्ताक्षर गरेका थिए । कल्पनाले भने हस्ताक्षर गरेकी थिइनन । तर त्यसको दुइ घण्टा नबित्दै सोहीदिन ४.३० मा जसपाका तीनै सांसदहरु पोखरेल नेतृत्वको मन्त्रीमण्डलमा सामेल भएर सपथ खाए ।
प्रदेशसभा सचिवालयले आज निकालेको सूचनामा जसपा केन्द्रिय कार्यकारिणी समितिले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफ ३२ को उपदर्फा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्इबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदिय दलले प्रदेश सभा सचिवालयमा दर्ता गराएको उल्लेख छ । प्रदेश सभा नियमावली २०७४ को नियम १९१ बमोजिम प्रदेशसभा चालु नभएको अवस्थामा चारै जनालाइ पार्टीको सदस्य र प्रदेश सभा सदस्यबाट पदमुक्त गरीएको सूचना सहितको प्रदेश सभा चालु नभएको अवस्थामा सचिवालयमा दर्ता भएकाले सचिवालयको सूचना पार्टीमा टाँस गरीएको उल्लेख छ ।
जसपाका ४ जनामाथि कारबाही भएर पदमुक्त हुँदा लुम्बिनी प्रदेश सभा अव ८१ सदस्यीय भएको छ ।

 

 

प्रकाशित मिति : बिहिबार, बैशाख १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij