काठमाडौं – दैनिक कोरोना संक्रमित थपिने क्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्म अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।
केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८।३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
आजको राजधानी दैनिककाअनुसार हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्