JanataToday.com

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलको अनुरोध ‘ स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिनुहोस’

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलको अनुरोध ‘ स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिनुहोस’

काठमाडौं – नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध गरेका छन् । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । शुक्रवार यसै विषयमा कुरा गर्दै अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि उनले अनुरोध गरेका छन् । उनले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे । महासंघले कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर कामगर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरुलाई आग्रह गरे । उनले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसंग माग गरे । उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताए । पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुको लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij