स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति

बुटवल-मानव अधिकार तथा शान्ति समाजले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शुक्रबार सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ का विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ।

उक्त अपिलमा सरकारले नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको छ भन्ने अभिव्यक्तिप्रति शान्ति समाजले आपत्ति जनाएको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै समाजले जनताको अभिभावक मानिने सरकारको यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय र हतास मनस्थिति सृजना गरेको मानव अधिकार तथा शान्ति समाजले ठहर गरेको जनाएको छ ।

समाजका केन्द्रिय सभापति गोविन्द खनालद्वारा हस्ताक्षर गरी जारीे विज्ञप्तीमा भनिएको छ, ‘महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर च्युत भएको देखिन्छ भने अर्कोतिर सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवं दुर्भाग्यपूर्ण छ ।’

‘विश्वव्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी छ। संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुँदैन’ विज्ञप्तीमा भनिएको छ ।

महामारी नियन्त्रणका लागि सरकारी र गैरसरकारी सबै क्षेत्र, बर्ग, समुदायसँग समन्वय र सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ । यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधनस्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाजले आग्रह गरेको छ ।

यसैगरी आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै, अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाज पुन ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij