मन्त्रिपरिषद् बैठक बस्दै, के हो एजेण्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के हो एजेण्डा ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आइतवार अपराह्न बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  बताएअनुसार बैठकमा खासगरी सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुनेछ । ‘नियमित बैठक सोमवार भएपनि प्रधानमन्त्रीज्यूले आजै बैठक बोलाउनुभएको छ,’ मन्त्री ज्ञवालीले भने– ‘समसामयिक विषयहरु त छँदैछन्, त्यसबाहेक आजको बैठकमा खासगरी यथास्थितिमा रहेको महामारीलाई कसरी न्यून गर्ने र सीसीएमसीले गरेको सिफारिसबारे के गर्ने भन्नेबारे छलफल हुन्छ ।’

यसअघि शुक्रवार बसेको सीसीएमसीको बैठकले उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौंथाइ शाखामा एक चौंथाइ कर्मचारी राखेर सञ्चालन गर्नेलगायतका १२ निर्णयहरु गरेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकले तिनै विषयहरुमा छलफल गर्ने र निर्णय लिने बताइएको छ । उक्त सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij