काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शंकर पोखरेल पुनःनियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धाराले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ ।
यसरी नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको छ । पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
आजै साँझ ४ बजे विपक्षीले आफूहरूको बहुमत दावी गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।
प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्