काठमाडौं - गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । योसँगै कोरोना संक्रमितको कुल संख्या तीन लाख ५१ हजार ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनामा गरिएको पीसीआर र ५७१ जनामा गरिएको एन्टीजेन परीक्षणमा सात हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् भने २५३ जना संक्रमित क्वारेन्टाइनमा छन् । मंगलबार एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएको यो नै सर्वाधिक संख्या हो । योसहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्