बुटवल– रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।
त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आइसियु सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको देवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताए ।
१२ वैशाखसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदहमा सक्रिय संक्रमित बढ्दै गएकाले संक्रमणलाई थप फैलिन नदिन जारी निषेधाज्ञा कडाइसाथ पालना गर्नसमेत नगरबासीलाई उनको आग्रह छ ।
जटिल समस्या देखापरेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरणका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगरप्रमुख खत्रीले बताए ।‘देशभर स्वास्थ्य पूर्वाधार अभावको स्थिति छ । सीमित स्रोत-साधन र जनशक्तिका बाबजुद नगरबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका प्रतिबद्ध छ’, खत्रीले भने ।नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरूको स्वाब समेत त्यहीबाट लिने र परीक्षणलाई समेत निःशुल्क गरिएको उनले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न उनले नगरबासीलाई आग्रह गरे ।
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्