काङ्ग्रेस रुपन्देहिले पार्टी कार्यालय आइसोलेसन निर्माणकालागी दिने

काङ्ग्रेस रुपन्देहिले पार्टी कार्यालय आइसोलेसन निर्माणकालागी दिने

 भैरहवा-नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा रहेको आफनो पार्टी कार्यालय अस्थाइ कोभिड अस्पताल या आइसोलेसन बनाउन दिने भएको छ । जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिइरहदा अस्पतालहरुमा बेड अभाव भएर आम नागरिकले ज्यान गुमाउनु नपरोस भनेर पार्टीले आफनो कार्यालय प्रयोग गरी अस्थाइ अस्पताल या आइसोलेसन बनाइ नागरिकको जीवन रक्षा गर्न सरकार समक्ष माग गरको हो ।काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले कोभिडको आइसोलेसन निर्माणकालागि केन्द्र,प्रदेश र स्थानीय सरकार या गैर नाफामुखी संस्थाले चाहेको खण्डमा प्रयोग गर्न दिइने बताए । भैरहवाको भिम अस्पताल नजिकै दुइ वटा ठुला हल र ११ वटा कोठा सहितको दुइ तले आफनो भवन काँग्रेसले कोरोनाको उपचार र रोकथाममा अस्थाइ प्रयोगकालागि दिने भएको हो । अस्पतालहरुमा बेड अभाव र आइसोलेसनको अभाव भएको अवस्थामा पनि नगारिकले ज्यान गुमाउनु नपारोस भनेर आफुहरु पार्टी कार्यालय अस्थाइ प्रयोगकालागि दिन लागेको रज्जाकले जानकारी दिए ।
सभापती रज्जाकले महामारी नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न केन्द्र,प्रदेश र स्थानीय सरकारसंग माग पनि गरेका छन । स्थानीय तहहरुले आक्सिजन सहितको आइसोलेसन निर्माण गर्नु पर्ने, कोभिड अस्पतालहरुमा आइसीयु भेन्टिलेटर सुविधा थप गरी नागरिकको जीवन रक्षामा लाग्न उनले आग्रह गरेका हुन । 

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij