काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद्बाट विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिन उनकै सिफारिसमा राष्ट्रपतिले आह्वान गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको पहिलो दिन भएको मतदानमा उनको पक्षमा ९३ मत पर्यो ।
उनकै नेतृत्वको सरकार कायम रहिरहनको लागि उनले १३६ मत ल्याउनुपर्थ्यो । तर, उनको पक्षमा ९३ जम्मा मत मात्रै पर्यो । योसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनेछन् ।
विपक्षमा भने १२४ मत परेको छ । २३२ जना सांसदहरु उपस्थित थिए ।
यता विपक्षी दलहरुले नेपालको संविधानको धारा ७६ को २ बमोजिम सरकार गठन गर्नुपर्ने मागसमेत संसद्बाटै माग गरेका छन् । उक्त धारामा भनिएको छ–‘उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको खण्डमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्छन् ।’
बैठकमा विपक्षी एमाले अनुपस्थित रह्यो भने महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ बस्यो ।
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्