अक्सिजन समस्यामा नेपाललाई सघाउन अमेरिकाद्वारा थप सहयोगको घोषणा

अक्सिजन समस्यामा नेपाललाई सघाउन अमेरिकाद्वारा थप सहयोगको घोषणा

काठमाडौं – कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको अमेरिकी राजदूतावासले जनाएको छ ।

बिहीबार घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरु भएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस संक्रमण परीक्षण उपकरण, हात धुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा ६७ करोड ८६ लाख रुपैयाँ प्रदान गरिसकेको पनि दूतावासले जनाएको छ ।

यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij