देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ डिस्चार्ज

देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये काठमाडौं उपत्यकामा मात्र २ हजार ६०९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन् । यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।

तीमध्ये ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा बसेका छन् । १ हजार ३१३ जनाको आइसीयुमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यही अवधिमा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् । आज ७०१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij