सीसीएमसीलाई थप अधिकारसम्पन्न बनाइँदै

सीसीएमसीलाई थप अधिकारसम्पन्न बनाइँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले  दिएको जानकारीअनुसार सोमवार (आज) साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरिएको हो । थापाकाअनुसार आजको बैठक नियमित बैठक हो । बैठकको एजेण्डाबारे भने पूर्वजानकारी नरहेको थापाले बताए ।

बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई थप अधिकारसम्पन्न बनाइने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीले भने— ‘आज सीसीएमसीलाई थप अधिकारसम्पन्न बनाउने विषयमा छलफल हुन्छ र निर्णय पनि ।’ सीसीएमसीलाई थप शक्तिशाली बनाइएको खण्डमा कोरोना महामारीविरुद्ध लड्न सजिलो हुने पनि ती मन्त्रीको भनाइ छ । भने— ‘यसो हुँदा काम गर्न सजिलो पनि हुन्छ र महामारीविरुद्ध लड्न सहज हुन्छ ।’

यसअघि आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीकै उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकम कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अति आवशकीय सामग्रीको अभाव खड्किँदै जाँदा कसरी अगाडि जाने भन्नेबारे छलफल भएको बैठकपछि सीसीएमसीका सदस्यसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका थिए ।

यस्तै आजको बैठकले स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञालगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ । राष्ट्रपतिले आजै अध्यादेश जारी गर्ने सम्भावना धेरै रहेको स्रोतको दाबी छ । नेपालमा हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij