त्यो झोलुङ्गेपुल

त्यो झोलुङ्गेपुल

आजभोलि जब पुग्छु ति
ठाउहरुमा
अनि सम्झने गर्छु तिमि
संग विताएका ति पलहरु
म।
चसक्क बिजाउछ
छाती,ओसिन्छ आँखा, जब
जब पुग्छु ति ठाँउहरुमा
अनि डुब्ने गर्छु संगै
विताएका ति पलहरुमा।।
तिमिलाई त याद पनि
नहोला है ??
लाख कोसिस गर्दा पनि
भुल्न सकिन
जब जब देख्छु त्यो
झोलुङ्गेपुल
पोल्छ मुटु, रसाउछ आँखा
जब जब पुग्छु तिमिसँगै
हिडेका ति ठाउँहरुमा अनि
डुब्ने गर्छु संगै विताएका ति
पलहरुमा।।
लकडाउनको के कुरा छेकेन
निशेधाज्ञाले तिम्रौ
यादहरुलाई
जब जब पुग्छु ति
पाखापखेराहरुमा सम्झन्छु
सँगै हिडेका ति दिनहरुलाइ
चिम्लन्छु यि
आँखा,खसाल्दै आँशुका
ढिका अनि डुब्ने गर्छु संगै
विताएका ति पलहरुमा।।
दिनको भोक रातको निद्रा
हराएझै
तिम्रा ति यादहरु हराए पनि
हुनी
तिमिले त बिर्सिसक्यौ थाहा
छ मलाई
तिमिलाई सम्झेर त म
मात्रै हो रुनि।
निस्ठुरीको याद झन बढी
आउछ
जब जब पुग्छु म ति
पखेराहरुमा
अनि डुब्ने गर्छु संगै
विताएका ति पलहरुमा।।
समय सँगै फेरियौ तिमि,
फेरियो
तिम्रो मन, फेर्न सकिन म
आफुलाई
जब हिड्छु एक्लै ति
उकालिहरुमा
सम्झन्छु सँगै हिडेका ति
दिनहरुलाइ
चिम्लन्छु यि
आँखा,खसाल्दै आँशुका
ढिका अनि डुब्ने गर्छु संगै
विताएका ति पलहरुमा।।
आज पनि जाने गर्छु त्यो
झोलुङ्गेपुल तिमि फर्केर आउदैनौ थाहा
छ मलाई
तिम्रो लागि निशेधित
भइसकेकि म
प्रतिबन्ध लगाइदेउ तिम्रो
यादहरुलाइ
मुटु पोल्छ, रसाउछ आँखा र
पनि फेरि डुब्न पुग्छु तिमि
संगै विताएका ति
पलहरुमा।।
कुन दोसको सजाय
भोग्दैछु, सोच्छु
के जिवनको अन्तिम दिन
भेटौला? बेला बेला जाने
गर्छु त्यो झोलुङ्गेपुल
फर्किदैनौ निस्ठुरी थाहा यो
मनलाइ
र पनि जब पुग्छु तिमिसँगै
हिडेका ति ठाउँहरुमा अनि
डुब्ने गर्छु संगै विताएका ति
पलहरुमा।।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij