एजेन्सी ।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ ।
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ ।
प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको बताउनुभएको छ ।
दुई देशबीच भएको ११ दिनको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको ज्यान गएको छ । दुवैतर्फ ठूला भवनलक्षित रकेट तथा हवाई आक्रमणहरु भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्