दिउँसाे १ बजे नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बाेलायाे

दिउँसाे १ बजे नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बाेलायाे

काठमाडाैं – नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको जनाइएकाे छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनकाे भनाई छ ।

राष्टपति र प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij