प्रधानमन्त्रीको दाबी गर्दै ओली राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्रीको दाबी गर्दै ओली राष्ट्रपति कार्यालयमा

काठमाडाैं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रपति कार्यालय गएका छन् । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

ओलीले अहिले राष्ट्रपतिसँग परामर्श गरिरहेका छन् भने कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij