रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए १६७ संक्रमित, ५३१ जना डिस्चार्ज

रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए १६७ संक्रमित, ५३१ जना डिस्चार्ज

बुटवल । रुपन्देहीमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६४० जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ४९ जना, तिलोत्तमा नगरपालिकामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी र गैडहवामा ३ ३ जना, मायादेवीमा २ जना, मर्चवारी, कंचन, लुम्बिनी सांस्कृतिक र कोटहीमाईमा १ १ जना, शुद्धोधनमा १ जना थपिएका हुन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या  २४ हजार ८४५ पुगेको छ । हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १९ हजार २६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij