राष्ट्रपतिको कदम असंवैधानिक : कांग्रेस रुपन्देही

राष्ट्रपतिको कदम असंवैधानिक : कांग्रेस रुपन्देही

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्रपुर्ण रुपमा मध्यरातमा संसद विघटन गरि असबैंधानिक कदम चालेको भन्दै  विरोध जनाएको छ । संविधान अनुसार विश्वासको मत लिन नसक्ने र राजिनामा पनि नदिई प्रधानमन्त्रीले पुनःसोही पदको लागी दाबी गर्न नमिल्ने र त्यस्तो दाबीलाई अस्विकृत गर्नुपर्नेमा राष्ट्रपतिले उल्टै त्यस्तो दाबीलाई स्वीकृत गर्नु मिलेमतो र षड्यन्त्र भएको कांग्रेस रुपन्देहीले ठहर गरेको छ ।

सभापति अब्दुल रज्जाकद्वारा शनिबार जारी विज्ञप्तिमा संविधानको मर्म अनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रस्ट अवस्था रहेको  र गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य राष्ट्रपतिबाट हुनु गभिर संबैधानिक उल्लंघन भएको  विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, दाबी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी मात्र नभई जनता कोरोना महामारिको चपेटामा परिरहेको बेला सरकारको गैरजिम्मेवारिको पराकाष्ठा समेत रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij