सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग आज छलफल गर्दै

सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग आज छलफल गर्दै

काठमाडौं  – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग छलफल गर्ने भएका छन्।  सभामुख सापकोटाले आज दिउँसो १ बजे पूर्व सभामुखहरूसँग छलफल गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका बारेमा छलफल गर्न सभामुख सापकोटाले पूर्व सभामुखलाई बोलाएको सचिवालयले  जनाएको छ।

सापकोटाले २०४८ सालपछिका सभामुखहरू दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij