ए सत्ताका पिपासु हरु
अनि राष्ट्रघातिहरु तिमी
मरेको
हेर्ने मन छ मेरो
किल्किल्ति , घिट्घिटि
भएर
निसास्सिएर मरेको
सत्ता, कुर्ची अनि दलालि
तिमी मतियार हरु
अतास्सिएर निसास्सिएर
मरेको
हेर्ने मन छ मेरो
ए,
जनताको पीडामा नुन चुक
छर्कने हरु हो
एकमुठी शासका लागि
तड्पिएको
हेर्ने मन छ मेरो
उ मर्यो , त्यो मरी अब…!
अब, तिमी किक्लिकिक्लि
गरेर मरेको
हेर्ने मन छ मेरो
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्