काठमाडौं : देशभर कोरोना संक्रमित र मृतकको संख्या घट्न थालेको छ । परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने बढ्दै जान थालेसँगै सक्रिय संक्रमित पनि केही घटेका छन्।
आज सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ। गत २४ घण्टामा १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्