रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७० संक्रमित भए

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७० संक्रमित भए

बुटवल । रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३७५ जनाको कोरोना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ३५ जना, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा १५ १५, सैनामैना नगरपालिकामा १३ जना, ओमसतिया गाउँपालिकामा ५ जना र अन्य केही स्थानिय तहमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार २६८ पुगेको छ । हाल जिल्लामा ३ हजार ९० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २२ हजार ७६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४१६ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij